आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बर्दियामा पनि बस्ती डुबान

शनिबार, ०१ असोज २०७९, १५ : २९
शनिबार, ०१ असोज २०७९

अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुबानमा परेका छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुबानमा परेका छन् । 

जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको  छ । बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । ५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ । बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप