बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

वाणिज्य विभागले सुरू गर्‍यो ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान

शनिबार, ०१ असोज २०७९, १५ : १३
शनिबार, ०१ असोज २०७९

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई ठगिनबाट जोगाउन अभियान सुरू गरेको छ । चाडपर्वको मुखमा उपभोक्ता धेरै ठगिने भएकाले दशैं र तिहार लक्षित गर्दै विभागले ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरू गरेको हो ।

विभागका तत्कालीन महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक शाखामा सरुवा भइसकेका छन् । उनको स्थानमा विभागको नेतृत्वमा आएका महेश भट्टराईले उपभोक्तालाई ठगिनबाट जोगाउने लक्ष्यसहित यो अभियान सुरू गरेका हुन् ।

भट्टराईले उपभोक्तालाई सचेत बनाउने र बिक्रेतालाई समेत जिम्मेवार बनाउने लक्ष्य विभागले लिएको बताए । ‘बजार बिग्रनुमा उपभोक्ता मात्रै जिम्मेवार छैनन् । र, बिक्रेता मात्रै पनि जिम्मेवार छैनन्,’ उनले भने, ‘उपभोक्ता सचेत बन्ने र बिक्रेता जिम्मेवार बनेमा बजार स्वतः सुध्रिन्छ ।’

उनले सुरू गरेको यो अभियानमा १० बुँदाको सचेतना फैलाउने कोसिस गरिएको छ । भट्टराईले उपभोक्ता अधिकारको विषयलाई नारामा ढाल्दै अभियान सुरू गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप