बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यो संसद र यसको कार्यकाल सफल भएको छ : केपी ओली

शनिबार, ०१ असोज २०७९, १४ : २५
शनिबार, ०१ असोज २०७९

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यो संसद र यसको कार्यकाल सफल भएको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले यो संसदले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको, राष्ट्रिय स्वाधिनताका सम्बन्धमा महत्वपूर्ण काम भएको बताए । 

उनले आफ्नो सरकार रहेको बेला संसदमा आफूलाई रचनात्मक सहयोग गरेकोमा धन्यवाद समेत दिए । तर पछिल्लो समयमा संसद कमजोर भएको राष्ट्रियताको पक्षमा उभिन नसकेको दावी गर्दै  राष्ट्रिय आवश्यकता एकातिर र संसदको अंक गणित अर्कोतिर भएको र कृत्रिम अंक गणित खडा गरिएको उल्लेख गरे । जनताको जनादेश एकातिर र संसदको अंक गणित अर्कोतिर गएकोले ताजा जनादेशमा जान आफ्नो नेतृत्वको सरकार बाध्य भएको बताए । 
उनले अहिलेको गठबन्धन दललाई मंसिर ४ गते जनताले जवाफ दिने बताउँदै सरकार र निर्वाचन आयोगलाई निष्पक्ष निर्वाचन गर्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप