कस्ता कस्ता सेटिङ थिए, सबै छताछुल्ल भए : ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको बताउँदै निर्वाचनतर्फ जाने कुरा प्रतिगमन नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो संसद् विघटनको कदमलाई बचाउ गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री निर्वाचन गर्ने अधिकार अन्य कतै बाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरियो । अहिले सबै छताछुल्ल भयो । कस्ता कस्ता सेटिङ भएका थिए । किन मानपदवी अलङ्कार पदक पाए ? कसका को नातेदारलाई मन्त्री बनाइयो ? तीन दिनमा हट्न पर्ने किन स्थिति बन्यो ?’
उनले राजनीतिक स्वार्थका कारण एउटा कोर्स लिइसकेको र थिति मिचेर गठबन्धन सरकार ल्याइसकेको बताए । ‘प्रतिनिधिसभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो । प्रतिगमन कहाँबाट आउँथ्यो ?’ ओलीले संसद् विघटनको आफ्नो कदमको बचाऊ गर्दै संविधानमा पाँचै वर्ष भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘यस्ता भ्रम फिँजाउन वाञ्छनीय हुँदैन । कुन संविधान पढेर आएर बहस गर्नुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार