आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : परिसूचक २७ अंकले घट्यो, कारोबार बढ्यो

शनिबार, ०१ असोज २०७९, १३ : २१
शनिबार, ०१ असोज २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७.३६ अंकको गिरावट आएको छ । साताको ६ कारोबार दिनमध्ये २ दिनमात्रै घटेपनि समग्र परिसूचक १ प्रतिशतले खुम्चिएको हो । गत साता १९ सय ३७ अंकमा रोकिएको नेप्से यो साता १९ सय १० अंकमा आएर रोकिएको हो ।

आइतबारदेखि नै वृद्धि देखिन थालेको बजारमा अन्तिम २ कारोबार दिनमा भने उच्च गिरावट आएको थियो । तरलता चापमा देखिएको सहजताले आइतबारदेखि नै बजार बढ्न थालेको थियो । तर, वाणिज्य बैंकहरूको ब्याजदर वृद्धि गर्नै निर्णयसँगै बिहीबार र शुक्रबार उच्च गिरावट आएको हो ।

यद्यपि, नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत साता नेप्सेमा ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, यो साता ९० करोडले बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको हो । यस्तै, यो साता ४.९४ अंकले घटेर ३७१ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचकसँगै कूल बजार पुँजीकरण समेत घटेको छ । यो साता कूल बजार पुँजीकरण १.२४ प्रतिशतले घटेर २७ खर्ब ४४ अर्बमा आइपुगेको छ । गत साता कूल बजार पुँजीकरण २७ खर्ब ७९ अर्ब रुपैयाँ कायम थियो । जुन, यो साता ३४ अर्बले गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप