बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनमा सबैको साथ र समर्थन पाउँछु : थापा

शनिबार, ०१ असोज २०७९, १३ : १७
शनिबार, ०१ असोज २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा सबैको साथ र समर्थन पाउने बताएका छन् । उनले कुनै दल वा व्यक्तिसँग प्रतिशोधको भावना नरहेकोले सबैको सहयोग पाउने बताएका हुन् ।
शनिबार हेटौँडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले मकवानपुरको समग्र विकासको निमित्त जनताले साझा उम्मेदवारको रूपमा आफूलाई लिने र सहयोग गर्ने विश्वास व्यक्त गरे । मकवानपुरको विकासमा थुप्रै कामहरू अधुरो रहेको र केही सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको उनले बताए । 

हेटौँडालाई प्रदेश राजधानी बनाउन आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष थापाले युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न, रिङ रोड निर्माण गर्न, विश्वविद्यालय स्थापना गर्न, हेटौँडा-काठमाडौँ सुरुङ मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ्य ,खानेपानीको क्षेत्रमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा आफूले जित्नु पर्ने बताए । उनले आगामी चुनाव जितेको खण्डमा मकवानपुरको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुकले परिवर्तन र समृद्धिका लागि एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको अध्यक्ष थापाको भनाई छ । उनले वर्तमानमा अवस्थामा स्वाभिमानी देशभक्त नागरिकहरू एक ठाउँमा उभिनुपर्ने समय आएको विचार व्यक्त गरे । भेलाले विनोद लामिछानेको अध्यक्षतामा २३ सदस्यीय राप्रपा नेपाल वडा इकाई कमिटी पुनर्गठन गरेको छ । कमिटीको सदस्यहरूमा सन्त बहादुर कार्की , कृष्ण आचार्य , दीपक विक्रम अधिकारी , विलास रिमाल, अकरुण घलान, रामहरि अधिकारी , सुरेन वाइबा, सन्तोषी शाह, सपना कार्की, पार्वती अधिकारी , सलिल ल, रामकुमार अधिकारी, सीता महत, कल्याण अधिकारी लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप