सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्सलाई

शनिबार, ०१ असोज २०७९, १२ : १८
शनिबार, ०१ असोज २०७९

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्सलाई दिएको हो ।

भूकम्पले भत्काएपछि २०७६ साल असारमा पुनः निर्माण सम्पन्न भएको तातोपानी सुख्खा बन्दरगाह नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले सञ्चालन गर्दै आइरहेको थियो । तर, व्यापारिक पूर्वाधार सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने लक्ष्यसहित यो बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको समितिका कार्यकारी निर्देशक आसिश गजुरेलले बताए ।

यो बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनका लागि टर्मिनल म्यानेजमेन्ट कम्पनी छनौट गर्न समितिले यही वर्षको जेठ ११ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रको सूचना प्रकाशित भएपछि ४३ वटा कम्पनीले बन्दरगाह सञ्चालनका लागि आवेदन दिएका थिए ।

फ्ल्यास फ्रेट लजिष्टिक, भ्याली टर्मिनल (जेभी) र ट्रान्स नेपाल (जेभी)मध्ये प्राविधिक तथा आर्थिक रूपमा ट्रान्स नेपाल (जेभी) ले दर्ता गरेको ट्रान्स स्लिक ट्रान्सपोर्टले बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको हो । सम्झौताअनुसार यो कम्पनीले ५ वर्षका लागि ११ करोड ७० लाख रकम समितिलाई बुझाउने र नियमानुसार महसुल बाँडफाँड गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप