बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् चोलेन्द्र शमशेरलाई सोधिएका ४३ प्रश्न र उत्तर

१०१ पृष्ठ लामो बयानको पूर्णपाठ
शनिबार, ०१ असोज २०७९, १२ : ४३
शनिबार, ०१ असोज २०७९

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग विभिन्न मितिमा ६ दिन बयान लिएको छ । सो क्रममा उनलाई लागेको आरोप सम्बन्धमा मुख्य ४३ प्रश्न र थप पूरक प्रश्न गरिएको थियो ।  

बयानको अन्तिम दिन शनिवार उनले यसअघि गरेको बयानको लिखतमा हस्ताक्षर गरेका छन् भने उनलाई थप पूरक प्रश्न गरेर बयानको अन्त्य गरिँदै छ । गत फागुन १ गते सर्वोच्चका प्रधानन्यायाधीश राणामाथि सत्ता गठबन्धनका सांसदहरु मिलेर महाभियोग दर्ता गरेका थिए । गत फागुन २२ गते प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । सो समितिले गत भदौ १५ गतेदेखि महाभियोग आरोपका सम्बन्धमा राणासँग बयान लिन थालेको थियो । 

बयानका क्रममा राणाले आफू निर्दोष रहेको जिकिरमात्र गरेका छैनन्, सर्वोच्चका अन्य बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, नेपाल बार एशोसियसनका पूर्व पदाधिकारीका साथै राजनीतिक दलका नेताहरूमाथि पनि विभिन्न आरोप लगाएका छन् । 

हेर्नुहोस् बयानको पूर्णपाठ :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप