इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए
शनिबार, ०१ असोज २०७९, १२ : ०३

इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।
सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पुर्याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पुर्याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ जना इन्स्पेक्टरको पदस्थापन र काज
-
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेसन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?