शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल एप सुरु गर्दै प्रचण्डले भने, ‘निर्वाचनको प्रचारमा प्रविधिको प्रयोग गर्नुको विकल्प छैन’

शनिबार, ०१ असोज २०७९, ११ : ५९
शनिबार, ०१ असोज २०७९

राष्ट्रिय विज्ञान दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत आधिकारिक मोबाइल एप उद्घाटन गरेका छन् । पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा व्यक्तिगत आधिकारिक मोबाइल एप शुभारम्भ गरिएको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विज्ञान प्रविधिलाई आत्मासाथ गर्न नसके देश विकास हुन नसक्ने बताए । विज्ञानमा बेइमानी र जालझेल नभल्ने भन्दै उनले जसले विज्ञानलाई आत्मासाथ गर्न सक्छ उही सफल हुने बताए । 

अबको निर्वाचनमा परम्परागत प्रचार शैलीले सहि परिणाम दिन नसक्ने भन्दै उनले प्रचारप्रसारमा पनि प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको बताए । 

विज्ञान प्रविधिको सदुपयोग गर्न सके मानव जीवन सहज हुने र प्रविधिको दुरुपयोग भएमा समाजमा नकारात्मक असर गर्ने भएकोले यसबारे सचेतनाको अवश्यक रहेको प्रचण्डको भनाइ थियो । 

आधिकारिक एपमार्फत अध्यक्ष र पार्टीका गतिविधि, सूचना तथा योजना जनता तथा नेता कार्यकर्तासम्म पुर्याइने पार्टीको विज्ञान तथा प्रविधि विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप