कामना सेवा विकास बैंक र गेट वे पेमेन्टबीच सम्झौता
शनिबार, ०१ असोज २०७९, ०७ : २२
कामना सेवा विकास बैंक युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा बैक र गेट वेबीच सम्झौता सम्पन्न भएको हो ।
सेवा सुरु भएपश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ ।
यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ