आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप

शनिबार, ०१ असोज २०७९, ०६ : ४९
शनिबार, ०१ असोज २०७९

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवा मुलक संस्थाका सञ्चालक नाफा मुखी भएका बताए । “गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको  जानकारी नै दिइँदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले  भने ।

गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले किर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी संघसंस्थाले सूचना लुकाउन नमिल्ने र  सबै संघसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै  सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुन बमोजिम सजाय हुने बताए ।    

उक्त आयोगका  अर्का आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप