बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चय कोषको प्रशासक पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिँदै (सूचनासहित)

शनिबार, ०१ असोज २०७९, ०६ : २५
शनिबार, ०१ असोज २०७९

कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कोषले शनिबार एक सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकले असोज २१ गते भित्र कार्यालय समयमा सिंहदरबारमा रहेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनेको हो । 

आवेदन दिनेसँग कर्मचारी सञ्चय कोष ऐन,२०१९ को दफा ६ क बमोजिम योग्यता तथा अनुभव भएको तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।​ हेर्नुहोस् सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप