सैनिक कल्याणकारी कोषमा ७६ अर्ब २५ करोड
![सैनिक कल्याणकारी कोषमा ७६ अर्ब २५ करोड](https://rpcdn.ratopati.com/media/albums/nepal_army_building_KLxz9vfSMB_CxQHuzBiEQ.jpg)
नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ७६ अर्ब २५ करोड २३ लाख रुपैयाँ पुगेको छ । सैनिक कल्याणकारी महानिर्देशनालयले आइतबार पत्रकार सम्मेलन गरेर कल्याणकारी कोषको अवस्था र आगामी योजनाबारे जानकारी दिएको छ ।
कोषको रकम सेनाले ‘क’ वर्गका बैंकहरुमा ब्याजको प्रतिस्पर्धा गराएर डिपोजिट गर्ने गरेको छ । कोषको ५ करोड २ लाख ६७ हजार रुपैयाँ जोखिममा परेको सैनिक कल्याणकारी महानिर्देशनालयका सहायकरथी विजय थापाले जानकारी दिए । युनाइटेड बिकास बैंकमा राखेको १ करोड ५७ लाख असुली उच्च जोखिममा परेको छ ।
सैनिक कल्याणकारी कोषमा १० लाख हिताधिकारी आवद्ध छन् । चालु आर्थिक वर्षमा सैनिक कल्याणकारी कोषले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सैनिक इन्जिनियरिङ्ग संस्था स्थापनको काम अघि बढाएको छ । सकल दर्जाका लागी आवास र गेष्ट हाउस निर्माण कार्यको विस्तारलाई निरन्तरता दिइने सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी