आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डा केसीका मागबारे वार्ता गर्न टोली गठन

शुक्रबार, ३१ भदौ २०७९, २२ : ००
शुक्रबार, ३१ भदौ २०७९

सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उनको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएशनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा केसीलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप