शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगुका बिरामी १३ हजार नाघे

शुक्रबार, ३१ भदौ २०७९, २१ : ४०
शुक्रबार, ३१ भदौ २०७९

नेपालमा डेंगुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेंगुको सङ्क्रमण देखिएको छ । 

डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौंमा  तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन् । यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङमा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 

डेङ्गुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन् । हालसम्म डेङ्गुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप