शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

शुक्रबार, ३१ भदौ २०७९, २१ : १९
शुक्रबार, ३१ भदौ २०७९

रुपन्देही प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुटवल ९ नयाँ बसपार्कस्थित नमोबुद्ध होटलमा शंकास्पद रुपमा बसेका बुटवल ८ सुख्खानगर निवासी ३३ वर्षका सन्तोष सलामीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
अवैध रुपमा पेस्तोल बोकेका ती व्यक्तिको स्थायी घर बाग्लुङको दगातुडाडा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप