शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले लिएको ‘सन्तुलित अडान’को पुटिनद्वारा प्रशंसा

शुक्रबार, ३१ भदौ २०७९, २० : ५९
शुक्रबार, ३१ भदौ २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार युक्रेन युद्धको सन्दर्भमा चीनले लिएको ‘सन्तुलित अडान’को प्रशंसा गरे । सो अवसरमा उनले आक्रमण सम्बन्धमा बेइजिङको ‘प्रश्न र चासो’ रहेको पनि स्वीकारे । बिहीबार रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा रुसी आक्रमण सुरु भएपछि पहिलो प्रत्यक्ष भेटवार्ता भएको थियो । 

सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को शिखर सम्मेलनका भाग लिन चिनियाँ राष्ट्रपति र उनका रुसी समकक्षी सम्मेलन आयोजना भइरहेको उज्वेकिस्तानमा छन् । त्यही दुई नेताबीच द्विपक्षीय वार्ता भएको थियो ।  पछिल्लो समय रुसी फौजले युक्रेनी फौजबाट ठूलो प्रत्याक्रमण सामना गरिरहेको छ । कैयौं स्थानमा युक्रेनी फौजले रुसी फौजहरू निक्कै पछि धकेलेर हजारौं वर्ग किमी जमिन पुनः कब्जा गर्न सफल भएका छन् ।

पश्चिमी मुलुकहरुले जस्तो चीनले हालसम्म रुसी आक्रमणको विरोध गरेको छैन । तथापि सर्वत्र पश्चिममा प्रतिबन्ध खेपिरहँदा रुसी तेल किनिदिएर चीनले रुसलाई ठूलो गुन लगाएको छ । ‘युक्रेन संकटको सन्दर्भमा हाम्रो मित्र चीनले लिएको सन्तुलित अडानलाई हामी उच्च सराहना गर्छौं । यस विषयमा तपाईंहरुको प्रश्न र चासो पनि हामी बुझ्छौँ,’ पुटिनले बैठकको उद्घाटन मन्तव्यमा भने । 

सीले उनको बोल्ने पालोमा आफ्नो मुलुकले ‘एक अर्काको प्रमुख साझा चासोको मुद्दाहरूमा बलियो आपसी साथ–सहयोग विस्तार गर्न रुससँग सहकार्य गर्ने’ बताए ।  सीले त्यस क्रममा ‘एक चीन नीतिप्रति रुसको समर्थन’को सराहना गरेका थिए ।  पश्चिमसँगको दुवैको बढ्दो तनाव र बलियो व्यक्तिगत सम्बन्धका कारणले पछिल्लो समय सी र चीनबीच घनिष्ट बढ्दै गएको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप