आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा क्रियाशीलताको आधारमा जसपाले समानुपातिक उम्मेदवार चयन गर्ने

शुक्रबार, ३१ भदौ २०७९, २० : ४२
शुक्रबार, ३१ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको विषयमा छलफल सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय बोर्डबाट सिफारिस भएको समानुपातिक उम्मेदवारहरूको बारेमा छलफल सुरु भएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, 'संसदीय बोर्डले समानुपातिक सूचीलाई सर्ट लिस्ट गरी कार्यकारिणी समितिमा पठाएको छ, त्यसैमा प्रदेशगत छलफल सुरु भएको छ भोली यसबारेमा निर्णय हुन्छ ।’ समानुपातिक उम्मेदवार चयन गर्ने काय पार्टीमा क्रियाशीलतालाई मुख्य आधार बनाइएको उनले बताए ।

कुन नेताले पार्टीमा कति योगदान दिएको छ, उसको क्रियाशीलता कति छ त्यसको आधारमा समानुपातिक उम्मेदवार चयन गर्ने बताउँदै प्रवक्ता सुमनले भोलिसम्म यसको टुगों लाग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप