डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर छ : स्वास्थ्य राज्यमन्त्री
शुक्रबार, ३१ भदौ २०७९, २० : ०६
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । अभियन्ता डा. केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा उनले भने, ‘उहाँ(डा.केसी)को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं ।’
डा.केसी धनगढीमा अहिले अनसनरत छन् । तोकिएको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै उनी अनसनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा