शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा २ राज्यमन्त्री नियुक्त

शुक्रबार, ३१ भदौ २०७९, १९ : ५५
शुक्रबार, ३१ भदौ २०७९

प्रदेश सरकारको समय सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकारमा २ जना राज्यमन्त्री नियुक्त गरिएका छन् । शुक्रवार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ जना प्रदेश सांसदलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए । राज्यमन्त्रीद्वय नेकपा एकीकृत समाजवादीका तर्फबाट  बनेका हुन् । उनीहरू दुवै जनालाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो । यस्तै यसअघि समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री रहेका कुलबीर चौधरी केही समय पहिले नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो । सुदूरपश्चिम सरकारमा माओवादी केन्द्र, नेपाली कांग्रेस र समाजवादीको संयुक्त सरकार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप