आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रेणु फर्किन् जसपामा, कार्यकारिणी समितिको बैठकमा सहभागी

शुक्रबार, ३१ भदौ २०७९, २३ : ००
शुक्रबार, ३१ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट दिएको राजीनामा फिर्ता लिएकी छन् । राजीनामा फिर्ता लिएपछि शुक्रबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा उपस्थित पनि भएकी हुन् ।

मन्त्रीबाट हटाएपछि असन्तुष्ट भएर उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिइसकेपछि बसेको जसपाको बैठकले उनलाई कार्यकारिणीबाट हटाएर केन्द्रीय सदस्यमा मात्र राखेको थियो । उनलाई पार्टीमा फर्किन दवाव आएपनि उनी मानिरहेकी थिइनन् । उनी एमालेलगायत अन्य विभिन्न दलहरूसँग कुराकानी गरिरहेका थिइन् । अरु पार्टीमा प्रवेश गर्ने तयारी चलिरहँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले स्वयं उनलाई पार्टीमा फर्काउन प्रयास गरेका थिए ।

सोही प्रयास स्वरुप उनले आफ्नो राजीनामा फिर्ता लिएकी छिन् । उनी आजको कार्यकारिणी समितिको बैठकमा सहभागी भएकी छन् । स्रोतले भन्यो, 'आजको बैठकले उनलाई कार्यकारिणीमा राख्नेछ ।' बैठकले समानुपातिक उम्मेदवारको सूचीको बारेमा पनि छलफल गर्ने बताइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप