माओवादीले सरोकारवालासँग अन्तरक्रिया गरी घोषणापत्रका लागि सुझाव समेट्ने
नेकपा माओवादी केन्द्रले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर घोषणापत्रमा समेट्ने भएको छ । पार्टीको केन्द्रीय घोषणापत्र लेखन समितिको शुक्रवार पेरिसडाँडामा बसेको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर सुझाव समेट्ने निर्णय गरेको हो ।
माओवादीले वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षा, र परराष्ट्र मामिला, ऊर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्षा तथा सामाजिक न्याय, पूर्वाधार विकासलगायतका विषयहरू छनोट गरी सो क्षेत्रका विज्ञहरुसँग औपचारिक अन्तरक्रिया गर्न लागेको हो । ती सबै निकायबाट आएको महत्त्वपूर्ण सुझावलाई घोषणा पत्रमा समेटिने केन्द्रीय सदस्य डिपि ढकालले बताए ।
यस्तै माओवादी पार्टी जनवर्गीय संगठन र विभागलाई समेत घोषणा पत्रमा समेट्ने सुझाव दिएको छ । पार्टी विभाग, जनवर्गीय संगठन र सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर सुझाव संकलनपछि असोज दोस्रो साताभित्र घोषणापत्र तयार गरिने बताइएको छ ।
घोषणापत्र लेखन समिति संयोजक तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, सचिव लीलामणि पोखरेल, गणेश साहसहित परशुराम तामाङ, अमृता थापामगर, डा। मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जिकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडा, मनहरि तिमिल्सिना, डा. पूर्ण लोक्सम, नहेन्द्र खड्कालगायतका नेताहरू सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिनेबारे हतार नगर्न ओलीको निर्देशन
-
दि नेपाल डिस्टिलरिजद्वारा उखु खेती र कृषिको बृहत्तर विकासका लागि पहल
-
रोनाल्डोको ६६ औँ ह्याट्रिक
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
-
हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते