बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मी सुरक्षित भएमा नागरिक सुरक्षित : मन्त्री कार्की

शुक्रबार, ३१ भदौ २०७९, १८ : २७
शुक्रबार, ३१ भदौ २०७९

झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमका बीच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्नेमा जोड दिए ।  ‘त्यसमाथि सीमा क्षेत्रमा विशेष सुरक्षा अपनाइयो भने काठमाण्डौं पनि सुरक्षित हुन्छ, देशका अन्य भाग पनि सुरक्षित हुन्छन्, मन्त्री कार्कीले भने, सीमामा रहेको चौकीमा गरिने व्यवहारले  देशको परिचय सुरु हुन्छ । त्यसकारण सीमा क्षेत्रमा अपराधीहरूको खुट्टा काँप्नुपर्छ र सर्वसाधरणको छाती फुक्नुपर्छ ।’

मन्त्री कार्कीले सङ्घीयता आएपछि प्रदेशका विभिन्न ठाउँमा प्रहरी चौकीहरू निर्माण गरेको र कतिपय ठाउँमा निर्माणको चरणमा रहेको बताए । सो भवन प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजन भएको २ करोड ३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६ पैसाको लागतमा निर्माण भएको हो । सोही कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले सुविधा सम्पन्न भवन प्राप्त भयसँगै जोस र ऊर्जाका साथ सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण गरी नागरिकहरूको जीउधनको सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप