आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विकास र सुशासनको दृष्टिले संसद्को कार्यकाल राम्रो भएन : अध्यक्ष नेपाल

शुक्रबार, ३१ भदौ २०७९, १७ : ३२
शुक्रबार, ३१ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरूप नभएको बताएका हुन् ।

उनले केही नेताहरूको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए । अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए । उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए ।

यथास्थितिमा देशलाई अगाडी बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताए । अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको बताए । उनले ठुला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप