आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महाभियोग प्रकरण : चोलेन्द्रले शुक्रबार ६५ पेजमा हस्ताक्षर गरे, बाँकी भोलि

चोलेन्द्रले बदनियतका साथ प्रक्रिया लम्ब्याउन खोजे : मीन विश्वकर्मा
शुक्रबार, ३१ भदौ २०७९, १७ : २६
शुक्रबार, ३१ भदौ २०७९

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले महाभियोग प्रक्रिया लम्ब्याउन बदनियत राखेको पाइएको प्रतिक्रिया दिएका छन् ।   ‘आरोपित प्रधानन्यायाधीश चोलेन्द्र जबराले बदनियतका साथ महाभियोग प्रक्रिया लम्ब्याउन खोजेको देखियो’, विश्वकर्माले भने, ‘भोलि प्रतिनिधिसभामा प्रतिवेदन बुझाउन सक्ने अवस्था छैन । तर भोलि बेलुकासम्म सभामुखलाई प्रतिवेदन बुझउने गरी काम गरिरहेका छौ ।’

शुक्रबार ६५ पेज बयानमा हस्ताक्षर गरेका छन् । बाँकी शनिबार बिहान ८ बजे बैठकमा हस्ताक्षर गर्ने समिति सदस्य एकवाल मियाँले जानकारी दिए ।  काँग्रेस नेता समेत रहेका विश्वकर्माले प्रतिवेदनमा लेख्नुपर्ने सबै कुरा लेखिएको निष्कर्ष, निर्णय र सुझाव मात्रै लेख्न बाँकी रहेको पनि जानकारी दिए । चोलेन्द्रले अब १०९ पेजमा हस्ताक्षर गर्न बाँकी रहेको छ ।  

उनका अनुसार चोलेन्द्रले बयानको उतार एक हप्ता अघिदेखि नै घरमा लगेपनि अन्तिम समयमा आएर हस्ताक्षर गर्न नभ्याएको र पुन लेखिएको बयानको उतार सुनेर मात्रै हस्ताक्षर गर्ने अडान राखेकाले प्रक्रिया लम्बिएको हो । 
‘चोलेन्द्रले आफ्नो बयान एक साता अघि नै घर लगेका हुन् । तर पछि हस्ताक्षर गर्न भ्याएको छैन भने’, विश्वकर्माको भनाइ छ । अघिल्लो दिनको सहमतिअनुसार जबराले बोलेको कुरामा ठिक हो भनेर कागज समेत तयार पारेको अवस्थामा उनले सही गर्न मानेका थिएनन् । 

संसदको कार्यकाल भोलि सकिँदैछ । तर महाभियोग नटुंगिएपछि के हुने भन्ने अन्योल समेत उत्पन्न भएको छ । सत्ता र प्रतिपक्षका सांसदबीच महाभियोग अर्को संसदमा सर्ने र नसर्नेबारे विवाद छ । ‘अहिले पुरा नभएपनि अर्को संसदमा सरेर जान्छ । चोलेन्द्रमाथि संविधान कानुन उल्लंघन गरेको, पदीय आचरण पुरा नगरेको, अर्बौं भ्रष्टाचार गरेको, वीरगञ्ज पोखरी प्रकरण, रञ्जन कोइराला, सर्वोच्च भवन ठेक्का भ्रष्टाचार जस्ता विषयमा अध्ययन गर्न समय लाग्छ’, विश्वकर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप