शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

शुक्रबार, ३१ भदौ २०७९, १७ : २१
शुक्रबार, ३१ भदौ २०७९

नेपाल उद्योग परिसंघ प्रदेश नं.१ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।  अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्स्पो २०२३ मा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ । 

यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ । 

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगानीकर्ताहरु समेत आकर्षित हुने विश्वास रहेको परिसंघको भनाइ छ । 

स्वदेशी सहित भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको छ । प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समावेश गरिनेछ । प्रदर्शनी आगामी माघ १९ गते देखि माघ २८ गतेसम्म विराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरापुर मार्गमा सञ्चालन गरिनेछ । यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार ब्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने परिसंघको अपेक्षा छ । 

प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरू रहने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप