सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बीमा विधेयक पास, नियामक समिति प्राधिकरणमा परिणत हुने

शुक्रबार, ३१ भदौ २०७९, १७ : १५
शुक्रबार, ३१ भदौ २०७९

करिब साढे ४ वर्षपछि बीमा विधेयक २०७५ पास भएको छ । गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति बीमा विधेयक शुक्रबार पास भएको हो ।  भदौ २१ गते उक्त विधेयक राष्ट्रियसभाको बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो ।  राष्ट्रियसभाले पास गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेश भइ विधेयक पारित भएसँगै अब सो विधेयक राष्ट्रपतिमार्फत प्रमाणीकरण भइ ऐन बन्नेछ ।

योसँगै नयाँ बीमा विधेयकले हालको नियामक बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्नेछ । प्रतिनिधिसभामार्फत पास भएको विधेयक दुई महिनाभित्र प्रमाणीकरण भइ ऐन बन्ने र हालको समिति प्राधिकरणमा परिणत हुने समितिले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप