आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चयकोषको ६० वर्ष : ४ खर्ब ४८ अर्बमाथिको लगानी

शुक्रबार, ३१ भदौ २०७९, १७ : ११
शुक्रबार, ३१ भदौ २०७९

कर्मचारी सञ्चय कोषको आकार ४ खर्ब ५९ अर्बमाथि पुगेको छ । कोषको ६१ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार सार्वजनिक गरिएको वित्तीय रिपोर्टअनुसार कोषको कुल स्रोत ४ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।
साथै, सोही अवधिमा कोषको कुल लगानी ४ खर्ब ४८ अर्ब ६४ करोड रुपैयाँ पुगेको समेत रिपोर्टमा बताइएको छ । 

आर्थिक वर्षको असार मसान्तसम्म कोषको मौज्दात ४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ, निवृत्तिभरण कोषमा ३ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष तथा बचतमा ३४ अर्ब २० करोड रुपैयाँ रहेको कोषले जनाएको छ ।  कोषले सफलतापूर्वक ६० वर्ष पुरा गर्दैगर्दा सञ्चयकर्ता तथा निवृत्तिभरण योजनाका योगदानकर्ताको सन्तुष्टिप्रति सदैव समर्पित रहने संकल्प सहित कोषका सेवा सुविधालाई थप परिष्कृत गर्ने कोषले जनाएको छ । 

सञ्चय कोष र निवृत्तिभरण कोषमा प्राप्त बचतलाई ८ प्रतिशतको ब्याजदर प्रदान गरिएको कोषले जनाएको छ । साथै, बचतकर्ताहरुलाई विशेष सापटी सुविधा प्रदान गर्दै कोषले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा, घर मर्मत सापटी र जग्गा खरिद सापटी समेत प्रदान गरिरहेको जनाएको छ । 

कोषले योगदानरहित सामाजिक सुरक्षा कार्यक्रमहरुलाई समेत कोषले विशेष प्राथमिकता दिँदै सञ्चयकर्ता स्वास्थ्योपचार योजना सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रू.१ लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रु.१० लाखसम्म रकम सोधभर्ना गर्ने जनाएको छ । 

यस्तै,सुत्केरी तथा शिशु हेरचाह कार्यक्रमः प्रति प्रसूति रु.७,५००, दुर्घटना क्षतिपूर्ति योजना बापत रु.२ लाख, काजक्रिया अनुदान बापत रु.४० हजार प्रदान गरिने कोषले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप