आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाले असोज ३ गते कालो दिवस मनाउने

शुक्रबार, ३१ भदौ २०७९, १६ : ३५
शुक्रबार, ३१ भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते (संविधान दिवस)को कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । असोज ३ गते अधुरो संविधान बनाइएको र संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि हुन नसकेको भन्दै लोसपाले त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले असोज ४ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे असोज ५ गतेदेखि आन्दोलनमा जाने निर्णय समेत गरेको छ भने बैठकले समानुपातिक सूची बनाउने जिम्मेवारी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । उक्त पार्टीमा प्रदेशबाट समानुपातिकका नाम सिफारिस भइसकेको छ ।

सिफारिस भएका मध्येबाट छनोट गरेर समानुपातिकको बन्द सूची तयार हुने बताइएको छ ।   समानुपातिक सूची तयार गर्दा अध्यक्ष ठाकुरले कार्यकारिणी समितिका अन्य सदस्यहरुसँग समेत परामर्श गर्ने बताइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप