जबरालाई बयान सुनाउन ७ घण्टा समय लाग्ने
शुक्रबार, ३१ भदौ २०७९, १६ : २६
महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि शुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समेशर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।
१७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताए । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए । उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि बताए ।
सदस्य विश्वकर्माले कसैको उक्साहटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशंका व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि