शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार आज पनि ओरालो

शुक्रबार, ३१ भदौ २०७९, १६ : १६
शुक्रबार, ३१ भदौ २०७९

सेयर बजार शुक्रबार पनि घटेर राताम्मे भएको छ । बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो । 

मिरमिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नविन ब्यालेन्स फन्डको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप