फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा
शुक्रबार, ३१ भदौ २०७९, १६ : ०५
![फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा](https://rpcdn.ratopati.com/media/albums/gautam_adani_DWhvqN4K4L.jpg)
भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस र पाँचौं नम्बरमा बिल गेट्स छन् ।
गौतम अडानी र परिवारको कुल सम्पत्ति १५४.६ बिलियन डलर छ । यस्तै, स्पेसएक्स र टेस्लाका सीईओ एलन मस्कको कुल सम्पत्ति २७३.५ बिलियन डलर छ । योसँगै मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिका साथ आठौँ स्थानमा छन् । घरायसी खाद्यान्नदेखि कोइला खानी, रेलमार्ग, विमानस्थल, बन्दरगाहदेखि विद्युत उत्पादनसम्म, यस्ता दर्जनौं व्यवसाय छन् जहाँ गौतम अडानीको ठूलो दख्खल छ ।
हालै गौतम अडानीको नियन्त्रणमा रहेको अडानी समूहले मिडिया कम्पनी एनडीटिभीको २९.१८ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा
-
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
-
कर्मचारीको तलब लगायतमा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी
-
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
-
फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
-
रास्वपाका महामन्त्रीले बुझाए सभापतिलाई प्रतिवेदन