आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

शुक्रबार, ३१ भदौ २०७९, १५ : ४६
शुक्रबार, ३१ भदौ २०७९

इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ। मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ । 

निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको हो । 

भारतबाट आएको मूल्यसूचीअनुसार मूल्य घटाउने निर्णय निगमले गरेमा उपभोक्तालाई केही राहत हुनेछ । मूल्य घटाउनलाई निगम सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ । यद्यपि पछिल्लो समय निगमले मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको भनेर आलोचना समेत हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप