‘नेपालको पानी जनताको लगानी’ नारा व्यवहारिक रुपमा कार्यान्वयन गर्ने स्थानमा पुगेका छौं : मन्त्री भुसाल
ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको बताएकी छन् । बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सह वित्तियकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘नेपालको पानी जनताको लगानी नारा अहिले सरकारले व्यवहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छौं । कसैलाई मन परोस् नपरोस् तर सत्यतथ्य यही हो । यो जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्नेछ । अरुण क्षेत्रका सबै जलश्रोतको जतिसक्दो प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक सामाजिक विकासमा योगदान गर्नसक्ने स्थानमा पुग्यौं । बुढीगण्डकी जलविद्युत आयोजना यो भन्दा बढी क्षमताको कम्पनी दर्ताको प्रक्रियामा पुगेको छ । लगानी खोज्ने विषयमा बाँकी छ तर अगाडि बढाउने अवस्थामा छौं ।’
उनले माथिल्लो अरुण जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताइन् । उनले अरुण क्षेत्रका सबै जलश्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने बताइन् । मन्त्री भुसालले यो आयोजनाले नेपालका वित्तिय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताइन् । उनले बैंक वित्तिय संस्थाबाट हुने लगानी पनि जनताको लगानी र सर्वसाधारण शेयर दिनु पनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि हुँदै गएको दाबी गरिन् ।
उनले भनिन्– ‘नेपालका वित्तिय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि हुनेछ । यो बैंक वित्तिय संस्थाबाट गरेपनि जनताको शेयर हो । जनतालाई सर्वसाधारण शेयर दिनु पनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि गर्न सकेका छौं ।’ मन्त्री भुसालले माथिल्लो अरुणभन्दा बढी क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै