आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाबाट तीन विधेयक पारित, शनिवार अन्तिम बैठक

शुक्रबार, ३१ भदौ २०७९, १५ : ०६
शुक्रबार, ३१ भदौ २०७९

प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले  पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो । 

सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो ।  शनिवार मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिन लागेकाले सो बैठक अन्तिम हुने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप