शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बानेश्वर क्षेत्रमा महानगरको डोजर

शुक्रबार, ३१ भदौ २०७९, १५ : ०१
शुक्रबार, ३१ भदौ २०७९

राजधानीको बानेश्वर क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रवार डोजर चलाएको छ । महानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना डोजर चलाएर हटाएको हो । 

जसअनुसार नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ। यस्तै नेश्वर चोकको आकाशे पुल आसपासका पसल पनि कटाइएको छ ।  महानगरपालिकाले यसअघि दर्जनौँ स्थानका अवैध संरचना हटाइसकेको छ । 

महानगरपालिका मेयर बालेन शाहलगायतका जनप्रतिनिधिको सक्रियतामा अवैध संरचना हटाउन थालिएको हो । यस्तै महानगरपालिकाले टुकुचामाथि बनेका अवैध संरचना हटाउन पनि चासो दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप