बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१५ स्रष्टालाई शान्ति समाजले सम्मान गर्ने

शुक्रबार, ३१ भदौ २०७९, १४ : ३०
शुक्रबार, ३१ भदौ २०७९

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ ।
यस क्रममा वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (पर्र्सा, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्राडा नारायणप्रसाद खनाल (बागलुङ) रहेका छन् ।

त्यस्तै, महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (काठमाडौं), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवनचन्द्र वाग्ले (तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान– सीमा आभास (ओखलढुंगा) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।  
यसै गरी पद्यप्रसाद दाहाल स्रष्टा सौगात सम्मान– अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात सम्मान– उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात सम्मान– शशीकला मानन्धर (काठमाडौं), भुमिप्रसाद बराल स्रष्टा सौगात सम्मान– गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात सम्मान– गंगा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात सम्मान– हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात सम्मान– फूलकुमारी थापा मगर (तनहुँ), श्रीनारायण दाहाल स्रष्टा सौगात सम्मान– मनमाया विश्वकर्मा (भोजपुर) लार्ई प्रदान गर्ने निर्णय गरिएको छ ।

सात प्रदेशबाट सात जना महिलासहित पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुभएको छ भने संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्नुभएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी २० हजार रुपैया पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप