आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ नोट सटही सुविधाका लागि बैंकहरुले शाखा तोक्नुपर्ने

शुक्रबार, ३१ भदौ २०७९, १३ : ३९
शुक्रबार, ३१ भदौ २०७९

सर्वसाधारणका लागि दसैं तिहारको नयाँ नोट सटही सुविधाका लागि वाणिज्य बैंकहरुले उपत्यकाभित्र कम्तिमा ५ वटा शाखा कार्यालय तोक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटहीका लागि बैंकहरुले उपत्यका भित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालित आफ्ना शाखा कार्यालय वा एक्सटेन्सन काउन्टर तोकि सोको जानकारी आफ्नो वेभसाइटमा समेत राख्न बैंकले निर्देशन गरेको हो । 

यस्तो सूचनामा बैंकहरुले नयाँ नोट वा सुकिला नोट सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले यसअघि नै नयाँ नोट उपलब्ध गराइसकेको छ ।  दसैं तिहार तथा छठका लागि नै भनेर करिब १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको प्रवन्ध गरेको बैंकले अपुग भए थप नोटको समेत व्यवस्था गर्ने जनाएको छ । 

गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँ दरका खुजुरा नयाँ नोटको व्यवस्था गरेको छ । प्रतिव्यक्ति एक पटकमा प्रत्येक दरका एक÷एक प्याकेट गरी १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउनेछन् । 
नयाँ नोट भने वाणिज्य बैंकहरुले आगामी असोज २ गतेदेखि सर्वसाधारणलाई उपलब्ध गराउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप