सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपाली रुपैयाँ बलियो बन्दै

शुक्रबार, ३१ भदौ २०७९, १३ : २९
शुक्रबार, ३१ भदौ २०७९

गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो । 

यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।  २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप