आइतबारदेखि उपत्यकाका बाणिज्य बैंकले दसैँको लागि नयाँ नोट दिने
शुक्रबार, ३१ भदौ २०७९, १३ : ०४

असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दसैँको लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।
नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ ।
राष्ट्र बैंकका अनुसार रु‍. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक÷एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।
सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते