बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिप्रदीले ल्यायो दसैँ अफर

शुक्रबार, ३१ भदौ २०७९, १२ : ५०
शुक्रबार, ३१ भदौ २०७९

सिप्रदी अटोपार्ट्सको इटहरी स्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैँ अफर ल्याएको छ । कम्पनीले टाटा जेन्यून पार्ट्स एवम् टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।

अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन् । टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकारा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताए । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप