राष्ट्र बैंकले ११ अर्ब ८३ करोड ट्रेजरी बोलकबोल गर्ने
शुक्रबार, ३१ भदौ २०७९, १२ : ५०
नेपाल राष्ट्र बैंकले आगामी आइतबार अर्थात् असोज २ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका ट्रेजरी बिक्री गर्ने भएको हो । बैंकको सूचनाअनुसार आइतबार दिउँसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी सोमबार बिक्री हुनेछ ।
सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ट्रेजरीका लागि राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ । कुल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड गरिनेछ । यसअघि बैंकले गत मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल