शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आइएमई दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता घोषित

शुक्रबार, ३१ भदौ २०७९, १२ : ४५
शुक्रबार, ३१ भदौ २०७९

दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर ल्याएको छ । ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफर ल्याएको हो । जुन अफरको दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीबार काठमाडौँ पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरुले जनही रू. २५ हजार प्राप्त गरेका छन् । 

त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका छन् ।  उनीहरुले प्रत्येकले एक-एक सामसुङ मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप