सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भियतनाममा एक लाख २० हजारभन्दा बढी भ्रष्टाचार मुद्दामाथि अनुसन्धान सुरु

शुक्रबार, ३१ भदौ २०७९, १२ : २९
शुक्रबार, ३१ भदौ २०७९

भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मुद्दाहरूमाथि अनुसन्धान थालिएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ ।

भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टाचारजन्य मुद्दाहरूको अनुसन्धान थालेको जनाएको समाचारमा उल्लेख गरेको छ ।

सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारबाहीलाई अभियानका रुपमा अघि सारेको छ । सोही बमोजिम सो निकायले काम सुरु गरेको र यस वर्षमात्र यी  मुद्दाहरूमाथि अनुसन्धान र कारबाही थालिएको सो समाचार समितिले जनाएको हो ।

यहाँ भ्रष्टाचारजन्य क्रियाकलापहरुमा निकै बढोत्तरी भएको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो । यसवर्ष यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने सरकारले जनाएको छ । यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारबाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप