राप्रपा केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मामाथि कारबाही सिफारिस
शुक्रबार, ३१ भदौ २०७९, १२ : ०९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मालाई कारबाहीका लागि सिफारिस गरिएको छ । भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको हो ।
आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने भन्दै विश्वकर्माले लफडा गरेको राप्रपा चितवनले जनाइएको छ । विश्वकर्माले अन्यथा चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेको भदौ २९ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वकर्माले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज गरेकाले कारबाहीका लागि सिफारिस गरेको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या