बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चोलेन्द्रलाई आफ्नो बयानमा हस्ताक्षर गराइँदै, पूरक प्रश्न गर्नेबारे समितिमा मतभिन्नता

शुक्रबार, ३१ भदौ २०७९, १० : ५७
शुक्रबार, ३१ भदौ २०७९

महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूरक प्रश्न सोध्ने कि नसोध्ने भन्नेमा दलहरुबीच मतभिन्नता भएको छ । बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा भइरहेको समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो । 

महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ । यता सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले भने बयानको प्रतिवेदनमा राणालाई हस्ताक्षर गरेर थप प्रश्न नगरी अगाडि बढाउन आग्रह गरेका छन् । आजको बैठकमा बयानका लागि राणा बिहान ९ बजे संसद सचिवालय आइपुगेका थिए ।
  
बैठकमा यसअघि उनले गरेको बयानको सम्पूर्ण विवरण वाचन गरेर सुनाई राणालाई हस्ताक्षर गराउने काम सुरु भएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप