रुखमा झुण्डिएको अवस्थामा भेटियो सशस्त्र प्रहरीको शव
शुक्रबार, ३१ भदौ २०७९, १० : ५१
![रुखमा झुण्डिएको अवस्थामा भेटियो सशस्त्र प्रहरीको शव](https://rpcdn.ratopati.com/media/albums/death_body_wQSNg6LSKv.jpg)
सिरहा सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
घटनाबारे पुष्टि गर्दै थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताए ।
उनले विहान ६:२५ बजेको समयमा घटना भएको र घटनाकाे अनुसन्धानमा प्रहरी खटिसकेको बुढाथोकीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै