कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।
सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन