टुकुचा खोलामा पौडी खेलेको स्मरण गर्दै कमल थापाले गरे बालेन र सुनिताको प्रशंसा
शुक्रबार, ३१ भदौ २०७९, ०९ : ४६

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयलाई धन्यवाद दिएका छन् ।
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गर्दै उनले मेयर बालेन शाह र उपमेय सुनिता डंगोललाई धन्यवाद दिएका हुन् ।
अध्यक्ष थापाले शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, ‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’